१३ बैशाख २०८१, बिहिबार
Tags

खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध ब्लु बिजयी

Ranbhumi बुधबार, चैत्र ०४, २०७७

उर्मिला यादव यात्री
नवलपरासी / पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा मंगलबार भएको खेलमा लर्ड बुद्ध ब्लु बिजयी भएको छ । मंगलबार दिउसो भएको लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि विचको खेलमा लर्ड बुद्ध ब्लु ३ गोल गर्दै जित हात पारेको छ ।

प्रतियोगितामा सुनवल ३५ एफ सिले २ गोल गरेको थियो । भने लर्ड बुद्ध ब्लु ले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि देउराली फोर ब्रदर र मायादेवी युथ क्लब देवदह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

यहाँ कमेन्ट गर्नुहोस्