१४ बैशाख २०८१, शुक्रबार
Tags

सडक दुर्घटनाबाट ३ जनाको मृत्यु, एक जना घाईते

रणभूमी आइतबार, भाद्र ०६, २०७८

विराटनगर/ भदौ ६, हिजो शनिबार खोटाङ, सोलु र उदयपुर जिल्लामा भएको सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउदै गरेको ना५त ६६०१ नम्बरको ट्याक्टर खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीर बाट अन्दाजी १५० मिटर तल खसेर दुर्घट्ना हुँदा सोही ट्याक्टरमा सवार चालक सहित तिन जना मध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक सोही स्थानका १९ बर्षीय उमेश राई घाईते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ त्यस्तै अर्का सवार एक जना ट्याक्टरबाट हाम फाली सकुशल अबस्थामा रहेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियाले स्थितमा हिजो दिउसो साढे २ बजे बा५४प ७७२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका २ खालि का ३० बर्षीय सुमन राईको घट्नास्थलमानै मृत्यु भएको छ ।

यसै गरि उदयपुर त्रियुगा नगरपालिका ३ लच्का स्थित कदमा-गाईघाट सडक खण्डमा हिजो बेलुका सँवा ६ वजे गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको प्र१००-५००१प३७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ गम्भिर घाईते भएका चालक सोही स्थानका ३२ बर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुकै पौने ७ बजे मृत्यु भएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्