१३ बैशाख २०८१, बिहिबार
Tags

राप्रपा महानगर कमिटी गठन

रणभूमी आइतबार, भाद्र ०६, २०७८

विराटनगर / भदौ ६, राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ।

कमिटीका सदस्यहरुमा प्रलाद प्रसाद शाह, शयेन्द्रा बान्तवा, केदार कोइराला, विश्वमोहन थापा, दिनेश शाह, नरेश राई, उद्धवचन्द्र घिमिरे, उद्धवप्रसाद दाहाल, आरती गेलाल, प्रदीप शर्मा, हिरालाल सेन्चुरी, डा. दुर्गाबहादुर अधिकारी, पुष्पा तिवारी, शोभा श्रेष्ठ र मन्जु कार्र्कीलाई चयन गरिएको छ।

यसैगरी अन्य सदस्यहरुमा राजकुमारी रेग्मी, गंगा खतिवडा, पदमा थापा, रामकिशुन शाह, संजयविक्रम अधिकारी, रतन तामाङ, नबि हुसेन र सोमप्रसाद भट्टराइ, केशब ढुंगाना, रामचन्द्र शाह, रामदेव कामत, रेखा पासबान, राजु शर्मा, डिल्लीराम भण्डारी र देवेन्द्र राई रहनु भएको छ ।

अध्यक्ष वैद्य राष्ट्रवादप्रति सदैव अग्रसर रहेर कार्यहरु गर्ने, हक्कि स्वाभका इमान्दार र कमर्ठ व्यक्तित्व रहनु भएको उहाँलाई पार्टीका अग्रज नेताहरुले सर्वसम्मत रुपमा चयन गरिएको हो ।
परिषदको भेलामा पूर्व महानगर प्रमुख प्रह्लाद शाह, केन्दीय कार्य सम्पादन समिति सदस्यहरु केदार कोइराला, (तराई मधेश) क्रेन्द्रीय प्रमुख दिनेश शाह, विश्वमोहन थापा, केन्द्रीय सदस्यहरु श्यामबहादुर कार्की, उद्धवचन्द्र घिमिरे र जिल्ला कार्य कार्यकारी अध्यक्ष माधव आचार्य, डा.दुर्गा अधिकारी र नगर संयोजक हिरालाल सेन्जुरीले लगायत पार्टीलाई देशमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउन हामी सैव लाग्नु पर्नेमा जोड दिनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्