१६ चैत्र २०८०, शुक्रबार
Tags

गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

रणभूमी सोमबार, भाद्र ०७, २०७८

खोटाङ / भदौ ७, खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ ।

दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको छ ।

गाँजा र बन्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्