१४ बैशाख २०८१, शुक्रबार
Tags

एल.पि.ग्यास बिक्रेता संघ द्वारा ३० हजार ५०० जनालाई मास्क वितरण

रणभूमी मंगलबार, भाद्र ०८, २०७८

बिराटनगर / भदौ ८, एल.पि.ग्यास बिक्रेता संघ मोरङ्ग र नेपाल सोनार समाज सेवा समिति मोरङ्ग ले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्ग सँग समन्वय गरी हरी इन्जिनियरिङ वकर्स प्रा.लि.को सौजन्यमा कोरोना महामारी बाट बच्न र बचाउन सबै आम नागरिकहरु माझ सचेतनाका फैलाउँदै भदौ २ गते देखि थालेको एक हप्ते नि:शुल्क मास्क वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् । एल.पि.ग्यास बिक्रेता संघ मोरङ्गले थालेको चेतनामुलक मास्क वितरण अभियानमा धेरै प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो सहभागिता समेत रहेको थियो । कोरोना महामारी बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन जनचेतामूलक कार्यक्रमको संकल्प बोकेर एल.पी.ग्याँस बिक्रेता संघ मोरङ्गको अध्यक्ष गणेश कुमार साहको पहलमा बिराटनगरमा भदौ २ गते देखि सुरुगरिएको एक हप्ते “तपाईको मास्क खोई हजुर” नि:शुल्क मास्क वितरण अभियानको अन्तिम दिन आज विराटनगरको जैन भवन अगाडी मास्क वितरण गर्दै समापन भएकाे छ ।

मास्क वितरण तथा समापन कार्यक्रमको आज सातौँ तथा अन्तिम दिन कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा नेपाल वैश्य युवा संघ सल्लाहकार राजेश गुप्ता , नेपाल विद्यार्थी तरुण दलको सह महामन्त्री तथा लोकप्रिय युवा नेता कृष्ण कार्की , जनता समाजवादी पार्टी मोरङ्ग पुर्व अध्यक्ष तथा मेयर पदको उमेदवार उमेश यादव , बिराट व्यापार संघ बिराटनगर अध्यक्ष राजन थापा, नेपाल ट्रेड युनियन संघ मोरङ्ग अध्यक्ष तथा नेपाली काङ्ग्रेस बिराटनगरको सचीव पदको उमेदवार महिला नेत्री झुमा निरौला गौतम , ग्यास बिक्रेता महासंघ प्रदेश एकको महासचिव सुर्यमान बज्राचार्य , जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्ग प्रमुख नायब निरीक्षक चन्द्रबहादुर खड्का , सहायक निरीक्षक बिनोद कुमार खतिवडा , तथा ट्राफिक प्रहरी टिम , वडा प्रहरी कार्यालय (क) बाट प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेल , एल पि ग्यास बिक्रेता संघ मोरङ्ग सचिव सुधीर यादव , पुर्व अध्यक्ष तथा सल्लाहकार बिकास लालवानी, ग्यास व्यवसायी प्रकाश लुनिया, नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार समाजसेवी शिवनारायण गुप्ता , नेपाल सोनार समाज सेवा समितिका अध्यक्ष महेश कुमार साह, उपाध्यक्ष सुरेन्द्र साह, कोषाध्यक्ष कलावती साह, सल्लाहकारहरु अशोक कुमार साहदिनेश कुमार साह, मन्नु साह, राजा साह, राजेश साह, पिन्की साह लगायत प्रतिनिधिहरु तथा तेरापंथ युवक परिषद अध्यक्ष पंकज लुनिया, सचीव मोहित लालवानी लगायत त्यस परिषदका प्रतिनिधि, बिराटनगर वार्ड ११ को वार्ड सदस्य रिन्कु परियार, सीता बराल, नेपाल पत्रकार महासंघ मोरङ्ग सदस्य तथा रणभुमी डटकम का अध्यक्ष पवन शाह, मकालु टेलिभिजनका संवाददाता पदम सरदार र उदघोष दैनिकका जितेन्द्र ठाकुर समेत सहभागी भई कार्यक्रमलाई भव्य बनाएका थिए । एल पि ग्यास बिक्रेता संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साहले बताएका छन । साहका अनुसार एक हप्ते अभियान अन्तर्गत ३० हजार ५ सय जनालाई माक्स बितरण गरिएको हो ।

प्रत्येक व्यक्तिलाई सर्जिकल माक्स प्रत्येक ६/६ घण्टा फेर्नु भनी चेतनामूलक सन्देश दिँदै नेपाल वैश्य युवा संघ मोरङ्ग र एल.पि.ग्यास बिक्रेता संघ मोरङ्गको अध्यक्ष गणेश साहकाे पहलमा विराटनगरको रोडशेष चौक बाट सुरु गरीएको एक हप्ते नि:शुल्क मास्क वितरण कार्यक्रमको पहिलो दिन एल.पि.ग्यास बिक्रेता संघ मोरङ अध्यक्ष गणेश कुमार साह सहित जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख ट्राफिक प्रहरी निरिक्षक चन्द्रबहादुर खड्का, ट्राफिक प्रहरी नायब निरीक्षक बिनोद कुमार खतिवडा, एल.पि.ग्यास बिक्रेता संघ मोरङ उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ , सचीव सुधीर यादव , सल्लाहकार बिकास लालवानी, सन्तोष रौनियार , प्रदेश महासचिव सुर्यमान बज्राचार्य , शिव नारायण गुप्ता , किशोर माली, नेपाल सोनार समाज सेवा समिति मोरङ अध्यक्ष महेश कुमार साह लगायतको सहभगितामा सुरुवात गरेर सम्पन्न गरिएको थियो । जस्मा पहिलो दिन १ हजार थान मास्क वितरण गरिएको थियो ।

नि:शुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रमको दोश्रो दिन पनि पहिलाे दिन जस्तै नि:शुल्क मास्क वितरण तथा जनचेतनामूलक अभियान थप रफ्तारमा विराटनगरको दुर्गा चौक बाट सञ्चालन गरेर सम्पन्न गरेकाे हो । दोस्रो दिनको कार्यक्रममा पनि थप व्यवतित्वहरु सहभागिता बढेको थियो । दोश्रो दिनको कार्यक्रमा थप सहभागीहरुमा नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता तथा सामाजिक अभियानता दिपक चापागाईं, एल.पि.ग्यास बिक्रेता संघ मोरङकाे पुर्व अध्यक्ष तथा सल्लाहकार बिकास लालवानी, सन्तोष रौनियार , शिव नारायण गुप्ता , राजेश गुप्ता (राजु), साजन कामत, तेरापंथ युवक परिषद अध्यक्ष पंकज लुनिया सहितको सहभागीता रहेको थियो ।

त्यसैगरी तेश्रो दिन हाटखोलाको गीता मन्दिर चौकमा कार्यक्रम पनि एक अर्का सँग सहकार्य गर्दै चेतना फैलाउँदै मास्क वितरण कार्यक्रम सफल परेको हो । जस्मा थप उर्जा प्रदान गर्दै रिजालको भान्सा ग्यास उधोगका डाइरेक्टर एवं मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, बिराटनगर वार्ड ७ को वार्ड अध्यक्ष मधु बाबू तिवारी, नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ता, पुर्व नेपाल तरुण दल सह महामन्त्री तथा कृष्ण कार्की लगायतका व्यक्तिहरूको सहभागिता रहयो । कार्यक्रमको तेश्रो दिन पनि १ हजार ७ सय ५० थान सर्जिकल मास्क वितरण गरेको हो ।

एल.पि.ग्यास बिक्रेता संघ मोरङ द्वारा एक हप्ते माक्स बितरण अभियानलाई निरन्तरता दिँदै अध्यक्ष साहले चौथो दिनको कार्यक्रम बिदाको दिन र रक्षा बन्धनको किनमेलको लागि बढी भिड भएको ठाउँ नेपाल भारत सीमा अन्तर्गत रानी भन्सार कार्यालयको मुख्य नाकामा सञ्चालन गरेर सम्पन्न गरेकाे हो ।

रानी नाकामा गरिएको मास्क वितरण कार्यक्रमा पनि जिल्ला ट्राफिक प्रहरीको टोली, ईलाका प्रहरी कार्यालय रानीको टोली, ट्राफिक प्रहरी बिट रानी तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको टोलीको सक्रिय सहभागितामा ३ हजार थान मास्क वितरण गरी सम्पन्न गरेको हो ।

अभियानलाई निरन्तर्ता दिने क्रममै पाँचौ दिन पनि नेपाल पत्रकार महासंघ सदस्य तथा मकालु टेलिभिजन संवाददाता पदम सरदार, मकालु टेलिभिजनका सम्पादक तथा साहित्यकार मिनकुमार नवोदित, पत्रकार शेखर रेग्मी, नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी दिपक चापागाईं, नेपाल तरुण दल नगर सभापति युवा नेता सन्तोष नेउपाने, नेपाल ट्रेड युनियन संघ मोरङ अध्यक्ष तथा नेपाली कांग्रेस की बिराटनगर महानगरपालिका सचिव पदको उमेदवार महिला नेत्री झुमा निरौला गौतम, नेपाली काङ्ग्रेसकि महिला नेतृ लिला ढुङ्गेल , दशरथ साह, महिला समाजसेवी आभा अनुपमा झा लगायतको बाक्लो सहभागिता रहेको थियो ।

एक हप्ते अभियान अन्तर्गतको छैठौ दिन पनि नेकपा समाजवादी पार्टी केन्द्रिय सदस्य महेश रेग्मी, बिराटनगर महानगर पालिका वार्ड ९ को वार्ड अध्यक्ष बिश्वनाथ गुप्ता , जनता समाजवादी पार्टी मोरङ्ग पुर्व अध्यक्ष उमेश यादव , उधोग संगठन मोरङ्ग कार्यसमिति सदस्य सफल युवा उधमी पारस लुनिया, जसपा पार्टी केन्द्रिय सदस्य तेजलाल कर्ण , नेपाली काङ्ग्रेस बिराटनगरका कार्यबाहक सभापति अरुण नेउपाने, ग्यास बिक्रेता महासंघ प्रदेश एकको उपाध्यक्ष राजेश निरौला लगायतका व्यक्तिहरू सहभागि भई अभियान लाई सफल बनाउन लागिपरेका थिएँ ।

यहाँ कमेन्ट गर्नुहोस्