१३ बैशाख २०८१, बिहिबार
Tags

नेपाल आदिवासी चलचित्र अवार्ड नेवार भाषाको चलचित्र “जा मनः गुभाजु” लाई

रणभूमी बुधबार, भाद्र ०९, २०७८

अमेरिका / भदौ ९, नेपाल आदिवासी चलचित्र (निफ) अवार्ड नेवार भाषाको चलचित्र “जा मनः गुभाजु”ले जितेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागि विभिन्न भाषाका सातवटा चलचित्र मध्ये नेवारी भाषाको चलचित्र गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो ।

नेवारी चलचित्र गुभाजुले उत्कृष्ट अवार्डसंगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जेतेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

आइतबार राती अबेरसम्म संचालन भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहीत विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगरभाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ । यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले महोत्सब आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरुको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी मध्येरातीमा पनि दर्शकहरुलाई मनोरन्जन दिएका थिए । यस्तै विभिन्न आदिवासी समुदायका साँस्कृति झल्किने गीत र नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्