१४ बैशाख २०८१, शुक्रबार
Tags

ब्राउन सुगर सहित एक जना पक्राउ

रणभूमी बिहिबार, भाद्र १०, २०७८

झापा / भदौ १०, झापा कचनकबल गाऊपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् ।

हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ७ ग्राम ४०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।l

यहाँ कमेन्ट गर्नुहोस्