०७ बैशाख २०८१, शुक्रबार
Tags

बथनाहा एसएसबी क्याम्प अगाडी भारतिय स्टेट बैंकको एटीएम स्थापना

राजेश कुमार शर्मा शनिबार, भाद्र १२, २०७८

भारत / भदाै १२, बथनाहामा स्थित एसएसबी ५६ औं वाहिनी गेट नजिकै भारतीय स्टेट बैंक को एटीएम स्थापना गरेको छ ।

यसको उद्घाटन एसएसबी को पूर्णिया रेंजको डीआईजी सञ्जय कुमार सारंगीले गरेका थिए । डीआईजी सारंगीले भने कि यो एटीएम सेवाको उद्घाटन गर्ने क्रममा उनले भने ५६ औं वाहिनी मुख्यालय गेटमा एटीएम सेवा शुरु भएपछि स्थानीय नागरिक सहित सुरक्षा बलका कर्मचारीहरुलाई त्यहाँ धेरै सुविधा हुनेछ ताकि स्थानीय नागरिकहरु सहित जवानहरु अब नगदको लागी कहीं पनि जानु पर्दैन, उही अवसर मा, राकेश कुमार, आरबीओ, एसबीआई मधेपुरा, यस अवसर मा उपस्थित, उनीहरुलाई यो सेवा शुरू गर्नुभएकोमा धन्यवाद दिँदै बथनाहा मा अहिले सम्म मात्र निजी कम्पनी को मात्र एक एटीएम सुचारु रूप मा काम गरी रहेको थियो, जसको कारण मानिसहरु रकम निकाल्न फारविशगंज जाने गर्थे जसमा महत्वपूर्ण समय खर्चिन बाध्य हुनुपर्थ्यो । सीमा मा खटेका जवानहरु सहित स्थानीय नागरिकहरु लाई धेरै राहत भएकोे छ ।

उक्त कार्यक्रममा ५६ औं वाहिनको कार्यवाहक कमाण्डेन्ट मुकेश कुमार सिंह मुंडा, ५२ औं कोरका कमाण्डेन्ट वीरेन्द्र कुमार वर्मा, ४५ औं कोरका कमाण्डेन्ट हरे कृष्ण गुप्ता र एटीएमका कर्मचारीहरु पनि उपस्थित थिए । उद्घाटन संगै स्थानीय बासिन्दाहरु धेरै उत्साहित र खुसी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्