१९ बैशाख २०८१, बुधबार
Tags

बिराटनगरमा समस्या देखाएर रकम असुलने भारतिय महिलाहरुको गिरोह सक्रिय

राकेश कर्ण बुधबार, आश्विन २०, २०७८

बिराटनगर / असाेज २०, भारत बाट महिलाहरुको समुह नेपाल अाई बिभिन्न बहानामा नेपालीहरु सँग रकम उठाउने गिरोह विराटनगरमा सक्रियता साथ घुमिरहेको छ ।

भारतको विभिन्न ठाउँहरु बाट रेलको माध्यम जोगबनी हुँदै बिराटनगर, इटहरी, धरान लगायत विभिन्न ठाउँहरु सम्म ती महिलाहरुको समूहमै निस्किने गरेका छन् । कही कतै सामान हरायो घर सम्म पुग्ने पैसा सहियोग गर्नुहोस त कोही बच्चा वा आफन्त बिरामी भएको भनी सहियोग गर्नुस भनी भन्छन् । यसरी कुनै न कुनै बहानामा नेपालीहरुसँग रकम उठाउँछन् ।

यस्तै आज बिराटनगर पूर्व रहेको कटहरी बजारमा ६ जना भारतिय महिलाहरु भन्दाभिन्दै पसलहरुमा एक एक जना गरी चन्दा उठाईरहेको दृष्य देखियो । हेर्दा हुने खाने घरको जस्तो देखिने महिला तथा युवतीहरु एउटा सादा कागजमा आफूहरु मणिपुर भारतकाे भएको र घरमा साना साना बच्चाहरु छन् । खान लाउन पनि समस्या छ भनी रकम उठाउँदै थिइन् । कसैले ५०० कसैले २०० त कसैले १०० रुपैयाँको दरले सहियोग पनि गरिरहेका थिए । त्यतिकैमा ती महिलाहरुलाई चन्दा उठाउदै गरेको प्रहरीले चाल पायो भनी जानेर तुरुन्त साथीहरुसँग इशाराको भाषामा कुरा गर्दै भेला भई ट्याम्पु चढेर हराएकी थिइन् ।

नेपाल भारत आउ जाउ खुला र सहज भएपछी भिडभाड हुने ठाउँ, बजार, बसपार्क र अस्पताल वरपर यस्ता महिलाहरुको गिरोह सजिलै देख्न सकिन्छ ।

तर त्यही हाम्रो नेपालमा धेरै ठाउँहरुमा शारीरिक अपाङ्गता भएका अशक्त, दृष्टि विहिन नेपालीहरु रोजगार गरी काम गरेर आत्मनिर्भर भई गुजारा गर्नेको संख्या पनि धेरैमा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्