१८ बैशाख २०८१, मंगलबार
Tags

बिराटनगर-१८ मा पनि बेमौसमी बाढीको प्रकोप लाखौंको धन माल नष्ट

रणभूमी बिहिबार, कार्तिक ०४, २०७८

बिराटनगर / बेमौसमी बर्षाको कारण जता ततै भारी मात्रामा पानि पसेर बाढीको रूप लिएपछि बिराटनगरको विभिन्न ठाउँहरुमा जनजीवन कष्टकर हुनुका साथै लाखौको धन माल क्षती भएका छ भने हजारौं किसान खेत बाली समेत नष्ट भएको छ ।

बिराटनगर महानगर पालिकाको-१८ नम्बर वडा स्थित झटियाही, नहर पूर्वको मुसहर बस्ती, भेडियारी, खोक्साहा, दमादिगी लगायत भारत संग सीमा जोडिएको बस्तीहरू बाहिरको पानी पसेर डुबानमा परेको छ ।

डुबानका कारण बिराटनगर १८ का लगभग साढे चार सय घर बाढीबाट प्रभावित भएका छन् भने त्यमा करिब दुई सय भन्दा बढी घरहरु क्षतिग्रस्त भएर प्रभावित भएका छन् । जस्मा अन्दाजी ३ सय बिघा खेत बाली नष्ट भएको अनुमान त्यहाँका स्थानीयहरुले लगाएका छन् ।

बेमौसमी बाढी बाट प्रभावित भएका परिवार हरुलाई वडा अध्यक्ष राजदेव यादवले प्रहरीको सहयोगमा सुरक्षित स्थान सार्ने काम गरेको बताए । बाढी पीडितहरुका निम्ती तत्काल जन्ता समाजवादी पार्टी नेपाल (मोरङ्ग) अध्यक्ष राजकुमार यादवले खाजा, खाना र पानीको व्यवस्था गरेको थियो । जसपा मोरङ्ग अध्यक्ष यादव बिराटनगर १६ मा आएको बाढीमा पनि उद्धार कार्यमा जुटेर केही राहत वितरण गरेका थिए ।

बिराटनगर १८ का वडा अध्यक्ष राजदेव यादवले खेत बाली नष्ट भएका किसानहरूको लागि राहतको निम्ती बिराटनगर महानगर पालिका हुँदै नेपाल सरकार सँग अनुरोध गर्ने बताए ।

२०७८ सालको विराटनगरमा आएको बाढीको भिडियो हेर्न तलको लिंक मा जानुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्