१८ बैशाख २०८१, मंगलबार
Tags

विओपी दरैया द्वारा जाडोको कपडा बरामद गरी भन्सार दाखिला

रणभूमी शुक्रबार, मंसिर ०३, २०७८

बिराटनगर / सिजन अनुसारको कपडा तस्करी गरी नेपाल ल्याइरहेको बेला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाको टोलिले हिको साझ ५ बजेको समयमा पक्राउ गरी भन्सार दाखिला गरेका छन् ।

बिओपी दरैया बाट खटेको गस्ती टोलिले बिराटनगर १६ स्थित दरैयाको उखु बारीको जंगल हुँदै ल्याइरहेको जाडोको कपडाहरू १ सय ६० थान पक्राउ गरेको हो । तस्करहरूले जंगलको बाटो भएर कपडा नेपाल भित्राइएको बेला गस्ती टोलीलाई देखेपछि बोरामा प्याक गरी लादैगरेको कपडा छोडेर भागेको थियो ।

सिमामा हरेक ठाउँमा प्रहरी र सशस्त्र प्रहरीकाे डिउटी भएपनि दरैया इलाकामा सबैतिर खुला सीमा र जताततै बाटो भएर पारीबाट नेपाल छिर्ने बित्तिकै उखुको खेतहरू भएको मौकाको फायदा उठाउदै कपडा कटाउन खोजेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्