१८ बैशाख २०८१, मंगलबार
Tags

सिमा प्रहरी चौकी रानी द्वारा शरीरमा सेट गरेको लागुऔषध सहित एकजना पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख ०५, २०७९

विराटनगर / सीमा प्रहरी चौकी रानीले विभिन्न किसिमको लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

आज साँझ करिब साढे ६ बजेको समयमा विराटनगर-१६ स्थित भत्केको पर्खाल नजिक बाट सीमा प्रहरी चौकी रानी प्रमुख सई दिल्ली देवकोटाको टोलीले नियमीत चेकजाँचको क्रममा लागुऔषध सहित धनकुटा जिल्ला पार्ख्रीबास नगरपालिका-४ बस्ने वर्ष २१ को विशाल लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेकाे हाे । लिम्बुले शरीरको विभिन्न भागहरूमा सेतो टेपले बाधी लयाउँदै गरेको लागुऔषध सहित पक्राउ परेको हो । लिम्बुको साथ बाट प्रतिबंधित लागुऔषध विभिन्न तीन प्रकारको टिटी ६३ एमपूल, नार्इट्राभेट टेन ट्याब्लेट १५ थान र स्पास्मो प्रोक्सिभन प्लस ८० थान फेला परेको थियो ।

पक्राउ परेका लिम्बुलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालयलाई बुझाएको छ ।

सिमा प्रहरी चौकी रानी प्रमुख देवकोटा
दुर्व्यसनी तथा कुलतमा फसेका नेपाली युवा पुस्तालाई दुर्व्यसन बाट जोगाउन लागुऔषध सेवन, बेचबिखन तथा ओसारपोसार गर्नेलाई निरुत्साहित गर्न प्राथमिकता साथ लागिपरेका बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्