१८ बैशाख २०८१, मंगलबार
Tags

प्रदेश स्तरिय राष्ट्रिय अपाङ्गता समावेशी स्वास्थ्य कार्यक्रम विषयमा अन्तर्क्रिया कार्यक्रम

रणभूमी डेस्क बिहिबार, बैशाख १५, २०७९

विराटनगर / प्रदेश स्तरिय राष्ट्रिय अपाङ्गता समावेशी स्वास्थ्य कार्यक्रम विषयमा अन्तर्क्रिया कार्यक्रम विहीवार विराटनगरमा सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश १, हेमोफिलिया र कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन फिल्ड अफिस विराटनगरको संयुक्त आयोजनामा विहीवार विराटनगरमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यक सहायक सामग्री (कृतिम हाथ खुट्टा), मनोसामाजिक अपाङ्गताको स्वास्थय उपचार र हेमोफिलिया सँग सम्बन्धित विषयमा छलफल भएको कार्यक्रमको सभापति नवीन ढुंगेलले बताए ।

उक्त कार्यक्रममा स्वास्थ मन्त्रालय प्रतिनिधि, सामाजीक विकाश मन्त्रालय प्रतिनिधि, मेडिकल सुप्रिडेन्ट कोशी अस्पताल विराटनगर र बिराटनगर महानगर पालिका बाट सामाजीक विकाश शाखा प्रतिनिधि तथा सरोकारवाला विभिन्न संघसस्थाको सहभागिता रहेको थियो ।

शारिरिक तथा मनोसामाजिक अपाङ्गता भएको मानिसहरूको उपचार तथा सुविधाको निम्ति लागि आवश्यक सामग्री तथा उपकरणहरू कहांबाट कसरी ल्याउने विषयमा छलफल भएको थियो ।

अपाङ्गता समावेशी स्वास्थ सुधारको निम्ति प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय, सामाजीक विकाश मन्त्रालय, विराटनगर महानगर पालिका तथा संघ संस्थाहरुबाट हुने सहयोग र समन्वयको निम्ति राष्ट्रिय अपाङ्ग महासंघले अनुरोध गरेकाे छ ।

कार्यक्रम कोशिश संस्थाको सहजीकरणमा संचालित विराट दौतरी सहयोग समुह बिराटनगर की जिपछि कुमारी मण्डलले अपाङ्गता भएको व्यक्तिहरूको अधिकार एन २०७४ मा मनोसामाजिक अपाङ्गता भएको व्यक्तिहरूका लागि भएको थप प्रावधान बारे कुरा उठाएका थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्