२३ बैशाख २०८१, आइतबार
Tags

महिला विरुद्ध हुने भेदभाव उन्मुलनको निम्ती राष्ट्रिय मानव अधिकार आयोगको परामर्श गोष्ठी

रणभूमी डेस्क शुक्रबार, पुष २९, २०७९

विराटनगर / राष्ट्रिय मानव अधिकार आयोगले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सन्धिजनित प्रतिवेदन उपर परामर्श गोष्ठी कार्यक्रम गरेको छ ।

शुक्रवार विराटनगरको रोड शेष स्थित इस्टर्न स्टार होटलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय सदस्य लिली थापाको अध्यक्षतमा र राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेलको प्रमुख आतिथ्यमा आयोजनामा संयुक्त राष्ट्रसंघीय महिला महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठो आवधिक प्रतिवेदन माथि प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धी परामर्श गोष्ठी कार्यक्रम गरी सम्पन्न गरेकाे हो ।

कार्यक्रममा उप सचिव तथा राष्ट्रिय महिला आयोगको महाशाखा प्रमुख नितु गड्तौलाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ्ग उप प्रमुख उषा झा, विभिन्न मन्त्रालयका सचिवहरु, मोरङ्गका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, राष्ट्रिय मानव अधिकार आयोगका १ नं प्रदेश प्रमुख पवन कुमार भट्ट, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख शान्तिराज कोईराला, उच्च सरकारी वकील / उच्च न्यायधिवक्त कोषहरी निरौला, राष्ट्रिय महिला आयोग उप सचिव सीता अधिकारी, जनप्रतिनिधी, आयोगको कर्मचारी, सरकारी / गैरसरकारी संस्था, महासंघ का प्रमुखहरु र महिला, बालबालिका तथा मानव अधिकार सम्बन्धी सरोकार राख्ने संस्थाहरुको बाक्लो उपस्थितिमा वृहत रुपमा छलफल भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्