
रणभूमी डेस्क बुधबार, बैशाख १०, २०८२

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सात कार्यदिने “बाढी तथा डुवान उद्धार” अनुशिक्षण तालिम प्रथम समूहको समुद्घाटन बुधबार भएको छ।
कार्यालयको सभाहलमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईले वर्षा याममा हुने बाढी तथा डुवानबाट हुने मानवीय र भौतिक क्षतिलाई मध्यनजर गरी तालिम आयोजना गरिएको बताए।
“उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान र सीप सम्बन्धी प्रशिक्षण प्रदान गरी विपद् व्यवस्थापनलाई अझ बढी प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो,” राईले भने।
तालिममा कोशी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत जुनियर प्रहरी अधिकृतदेखि प्रहरी जवानसम्मका ५० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्