१९ बैशाख २०८२, शुक्रबार
Tags

नेपाल-भारत सीमावर्ती जिल्ला स्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न

रणभूमी डेस्क बुधबार, बैशाख १०, २०८२

सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्राप्त जानकारी अनुसार भारतको बिहार राज्यको सुपौल जिल्लामा अवस्थित वीरपुरको कौशिकी भवनमा नेपाल-भारत सीमावर्ती जिल्ला स्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा नेपालतर्फबाट सुनसरी र सप्तरी जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू तथा भारततर्फबाट सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

यस बैठकले दुई देशबीचको सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, सीमा सुरक्षा व्यवस्थापन र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गरेको बताइएको छ। दुवै देशका सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस्ता सीमावर्ती सुरक्षा समन्वय बैठकहरू दुवै देशबीच नियमित रूपमा आयोजना हुँदै आएका छन्, जसले गर्दा सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न मद्दत पुगेको छ।

यहाँ कमेन्ट गर्नुहोस्