१८ बैशाख २०८२, बिहिबार
Tags

कोशी प्रदेशमा पहिलो पटक आयोजना हुँदै ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५’

रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

विराटनगर / शनिबार विराट मेडिकल कलेज, विराटनगरमा ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५-पावर्ड बाई बीवाईडी’ आयोजना हुने भएको छ। सीएनआईवाईईएफ कोशी च्याप्टरको आयोजनामा हुन लागेको यो समिट कोशी प्रदेशमा सूचना प्रविधि क्षेत्रको सम्भावना, अवसर र चुनौतीहरुबारे गहन संवादको ऐतिहासिक सुरुवात हुने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुबाट २० भन्दा बढी वक्ताहरू सहभागी हुने र करिब ५०० भन्दा बढी प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ। साथै आईटी स्टार्टअप र कम्पनीहरूको प्रदर्शनी स्टलहरू, नेटवर्किङ सेसनहरू र ब्रान्ड प्रमोशनका लागि डिजिटल तथा भौतिक उपस्थितिको व्यवस्था रहने जनाइएको छ।
यस सम्मेलनमा भायानेट टाइटल स्पोन्सर र बीवाईडी पावर्ड बाई पार्टनरको रूपमा आवद्ध रहेका छन्। कार्यक्रममा हुने सबै सेसनहरू र गतिविधिहरु भिडियोमा रेकर्ड गरी सीएनआईवाईईएफ कोशीको युट्युब च्यानल तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिने बताइएको छ।

आयोजकका अनुसार, विश्वकै सबैभन्दा तीव्र गतिमा बढिरहेको सूचना प्रविधि क्षेत्रलाई कोशी प्रदेशमा विकास गर्न, युवाहरूका लागि रोजगारी सिर्जना गर्न, नवप्रवर्तनको वातावरण तयार गर्न र प्रदेशको समग्र आर्थिक रुपान्तरणमा सूचना प्रविधिलाई प्रमुख चालकका रूपमा स्थापित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्