
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङको सभा हलमा आज पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रम कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाको प्रमुख संयोजकत्वमा आयोजना गरिएको थियो।
कार्यक्रममा प्र.उ. चिमरियाले पूर्व प्रहरी कर्मचारीहरूले प्रहरी संगठनमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरे। उनले मोरङ प्रहरी र पूर्व प्रहरी कर्मचारीहरूबीच निरन्तर समन्वय, सहजीकरण र आपसी सहयोग कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै कार्य अनुभव, सल्लाह र सुझावहरूको निरन्तर आदान-प्रदान गर्ने बताए।
पूर्व प्रहरी कर्मचारीका तर्फबाट प्रतिनिधिले यस्तो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभव, सल्लाह र सुझाव राख्न पाएकोमा कार्यालय प्रमुख चिमरियालगायत सम्पूर्ण मोरङ प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिए।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी, प्रहरी निरीक्षक दीपक लिम्बू लगायत जुनियर प्रहरी अधिकृतहरू र पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।