२७ बैशाख २०८२, शनिबार
Tags

क्यानडा लैजाने भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

रणभूमी डेस्क शुक्रबार, बैशाख २६, २०८२

काठमाडौं / डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी रहेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो।

सुजिताले आफूले अध्ययनको लागि क्यानडाको भिसा प्राप्त गरेको र पीडितलाई समेत आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई २० लाख रूपैयाँ लिएको अभियोग छ। रकम लिएपछि उनी सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

पक्राउ परेकी अधिकारीलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्