
रणभूमी डेस्क सोमबार, बैशाख २९, २०८२

विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट गत वैशाख २८ गते प्रहरीले लागूऔषध ब्राउन सुगरसहित १२ जनालाई पक्राउ गरेको छ।
झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजारबाट इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले सोही स्थानका ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ वर्षीया निर्मला थापालाई ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ बाट धरान उप-महानगरपालिका-१२ का २९ वर्षीय बसन्त तामाङलाई २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २० वर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट २५ वर्षीय धिरज राईलाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
गोप्य सूचनाको आधारमा भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ मा रहेको २४ वर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, १८ ग्राम गाँजा र नगद ७० हजार रुपैयाँ फेला पारेको छ। यही कारोबारमा संलग्न भोजपुरका वर्ष १९ का मौसम राई, २० वर्षिय रेन्जि शेर्पा, संगित राई, युकेश राई, उचित १९ वर्षय राई र दिपेश राई समेतलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।