०४ जेठ २०८२, शनिबार
Tags

टिकटकमा अश्लिल सामग्री पोष्ट गर्ने आलम इटहरीबाट पक्राउ

रणभूमी डेस्क शुक्रबार, जेठ ०३, २०८२

संखुवासभा / संखुवासभा प्रहरीले सामाजिक सञ्जाल टिकटकमा अश्लिल सामग्री पोष्ट गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। सुनसरी हरिनगर गाउँपालिका-१ निवासी २५ वर्षीय जुबेर आलम मियालाई सोमबार इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, मियाले गत २५ गते पीडितको अश्लिल फोटो तथा भिडियो टिकटकमा पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको पाइएको छ। पीडितको उजुरीको आधारमा संखुवासभा प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार, आरोपित मियालाई जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत यस्ता अपराधमा कडा कारबाही हुने प्रावधान रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्