
रणभूमी डेस्क शनिबार, जेठ २४, २०८२

सुनसरी / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको इनरुवा नगर कमिटी गठन गरिएको छ। रिता सिंहको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कमिटीमा रेनु मण्डल उपाध्यक्ष, राधा कोइराला सचिव, बिमला ढुङ्गाना सहसचिव र सुम्निमा पोखरेल कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा पूजा कुमारी पौदार, मोनिका कटुवाल, अनिता कटुवाल, कोपिला कटवाल, निशा शर्मा, कल्पना पर्साई र राधा महतो छन्। सल्लाहकारमा विनिता दाहाल रहेका छन्।
गठन कार्यक्रममा कोशी प्रदेश अध्यक्ष कला डाँगी प्रमुख अतिथि थिइन्। अतिथिका रूपमा प्रदेश सदस्यहरू सृजना बस्नेत, नविना तबदार, इटहरी उपमहानगर अध्यक्ष पूजा भट्टराई, सचिव निशा पौडेल र सल्लाहकार रजिना तिम्सिना सहभागी थिए।
कार्यक्रममा अध्यक्ष डाँगीले सौन्दर्यकर्मीहरूको अधिकार र सीप विकासका लागि संगठन आवश्यक रहेको बताइन्। उनले संगठनले स्थानीय स्तरमा सौन्दर्यकर्मीको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
नवनिर्वाचित अध्यक्ष रिता सिंहले सौन्दर्यकर्मी महिलाहरूको व्यावसायिक सीप विकास, रोजगारी सिर्जना र सामाजिक सम्मानका लागि काम गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा अन्य पदाधिकारीहरूले पनि तालिम र समन्वयमार्फत सौन्दर्यकर्मीको विकासमा कमिटीले योगदान दिने विश्वास व्यक्त गरे।