
पवन शाह सोमबार, आषाढ ०१, २०८२

सुर्खेत / १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१५ रतुगाउँ निवासी २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ।
जबरजस्ती करणी भएको उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान वलीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वलीले ती किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्