११ आषाढ २०८२, बिहिबार
Tags

सशस्त्र प्रहरीको असईमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक क्षेत्री पक्राउ

पवन शाह बुधबार, आषाढ १०, २०८२

काठमाडौं / सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेका छन्।

प्रहरीका अनुसार उनले एक पीडितसँग सशस्त्र प्रहरीको असई पदमा नाम लगाइदिने भन्दै विश्वासमा पारेर ई–सेवा र विभिन्न बैंक खाताहरूमार्फत ४ लाख ९१ हजार रुपैयाँ झिकेर फरार भएका थिए।

यस घटनापछि पीडितले जिल्ला अदालत काठमाडौंमा उजुरी दिएपछि अदालतले क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो।

प्रहरीले उनलाई ठगीसम्बन्धी कसूरमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको छ र हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्