१५ आषाढ २०८२, सोमबार
Tags

मोरङमा आफ्नै काकाले ७ वर्षीया भतिजीको बलात्कार गरी गर्यो हत्या, काका पक्राउ

पवन शाह आइतबार, आषाढ १४, २०८२

विराटनगर / मोरङको धनपालथान गाउँपालिकामा ७ वर्षीया बालिकाको बलात्कार र हत्या गरेको आरोपमा २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार हिजो बिहान ४:४५ बजे धनपालथान गाउँपालिका वडा नं. ५ रंगपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालयको नजिक ७ वर्षीया बालिका शरीरमा चोटपटक लागेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पीडित बालिकाको काका नाता पर्ने २२ वर्षीय युवकले बालिकामाथि जबरजस्ती करणी गरेपछि उनको हत्या गरी घटनास्थलमा फालेको देखिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा संदिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध ज्यान सम्बन्धी कसुर र हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ।

यहाँ कमेन्ट गर्नुहोस्