१८ आषाढ २०८२, बिहिबार
Tags

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

पवन शाह बुधबार, आषाढ १७, २०८२

मकवानपुर / १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीका २० वर्षीय पुजन सिङ्ताङलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाकी अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले मंगलबार राति सिङ्ताङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार पुजनले बालिकालाई बहलाबलिका एवं डरधम्की दिई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइएको जनाएको छ भने दोषी प्रमाणित भएमा सिङ्ताङलाई बाल यौनदुराचारसम्बन्धी कानूनअनुसार कडा सजाय हुन सक्ने बताइएको छ।

यस प्रकारका घटनाले समाजमा बालबालिकाको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै अभिभावक, विद्यालय र स्थानीय निकायबीच समन्वय गरेर बाल अधिकारको संरक्षणमा थप ध्यान दिन आवश्यक देखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्