१८ आषाढ २०८२, बिहिबार
Tags

मानव बेचबिखन अभियोगमा एक युवक पक्राउ, पीडितको उद्धार

पवन शाह बुधबार, आषाढ १७, २०८२

पर्सा / मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, साहले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका–१५, भिष्वास्थित होटल तथा लजहरूमा जबरजस्ती बेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनास्थलबाट पीडितको उद्धार समेत गरेको जनाएको छ। पीडित महिलालाई सुरक्षाको व्यवस्था गर्दै स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा उपलब्ध गराइएको छ।

पक्राउ परेका साहविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल ले जानकारी दिए।

प्रहरीले यस्ता संगठित आपराधिक क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारेको जनाएको छ। मानव बेचबिखनजस्तो संवेदनशील अपराध नियन्त्रणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रम र सुराकी संजाललाई अझ सशक्त बनाउने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्