
पवन शाह बुधबार, आषाढ ३१, २०८२

विराटनगर / नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक सेमिनार मंगलबार विराटनगरमा सम्पन्न भएको छ। विराटनगर महानगरपालिका–१२ स्थित इस्टर्न स्टार होटेलको सभाहलमा आयोजित उक्त कार्यक्रम अपराह्न २:२५ बजे सुरु भएको हो।
कार्यक्रममा नेपाल भारत मैत्री युवा संघ मोरङका अध्यक्ष मोहमद नसरुलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि रूपमा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा विधान सभा सदस्य प्रदीप सिंह को सहभागि थिए ।
त्यस्तै, नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, केन्द्रिय महासचिव कृष्ण सेन, भारतीय माननीय विधायक विद्यासागर केसरी, नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल, उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, काँग्रेस विराटनगर महानगर समिति सभापति दीपक चापागाईं, जहदा गाउँपालिका प्रमुख जितेन्द्र प्रसाद साह, दुहबी नगरपालिका प्रमुख बेद गच्छदार, काँग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाल मुस्लिम संघ मोरङ अध्यक्ष केहकसा कौसर, नेकपा एमाले प्रदेश सचिवालय सदस्य सत्यनारायण चौधरी, तथा नेकपा एमाले कोशी प्रदेश संगठन सदस्य मिलिराम चौधरीजस्ता विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।
सेमिनारको प्रमुख उद्देश्य नेपालमा भइरहेको भारतीय लगानी र त्यसको समग्र विकासमा पु¥याएको योगदानमाथि छलफल गर्नु रहेको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।
कलाकारिता क्षेत्रबाट गायन क्षेत्रमा ४५ वर्षभन्दा बढी योगदान दिएका वरिष्ठ गायक रामा मण्डल, स्वास्थ्य क्षेत्रबाट जनस्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका चिकित्सक डा. सफिर रहमान, पत्रकारिता क्षेत्रबात सञ्चार क्षेत्रमै सक्रिय, पत्रकार महासंघ मोरङ जिल्ला अध्यक्ष सुशील पाठक समाजसेवा क्षेत्र अखिल नेपाल वेश्य हल्लुवाई सेवा समितिका अध्यक्ष कृष्ण कुमार साह सम्मानित भएका छन् ।
कार्यक्रमले नेपाल – भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, सीमा क्षेत्रका विकास परियोजनामा सहकार्य बढाउने र भारतको लगानीद्वारा नेपालमा सिर्जना भएका रोजगारी र पूर्वाधार विकासमाथि पनि बहस र सहमति बनाउने उद्देश्य लिएको बताइएको छ।
कार्यक्रम समापनको क्रममा आयोजकले नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको भावी कार्यक्रमहरूमा अझ व्यापक सहभागिता र अन्तरदेशीय साझेदारीलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।