
पवन शाह शुक्रबार, साउन १६, २०८२

विराटनगर / गायिका अनु बुढाथोकी गिरिको नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक भएको छ। माईतीको मायालु सम्झना, पिडा बोकेको शब्द र भावुक धुनले भरिएको यस गीतको म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानलमार्फत आज सार्वजनिक गरेकी हुन्।
गीत सार्वजनिक भएको केही घण्टामै स्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त भएको गायिका बुढाथोकी गिरिले बताइन्।
गीतमा यादव घिमिरे र नवीन गौतमको शब्द र संगीत रहेको छ भने बिशाल निरौलाले एरेन्ज गरेका छन्। रन्जन राईको मिक्सिङ रहेको गीतलाई भुपेन्द्र तुम्हाम्फेले छायांकन र निर्देशन गरेका हुन्।
म्युजिक भिडियोमा अनु स्वयंका साथै अमृता खड्का, सरिता खड्का, बिन्दा गिरी र शेरबहादुर बुढाथोकीको अभिनय समावेश छ।
भिडियोको सम्पादन अनिल राणाले गरेका हुन् भने राजु बस्नेत र अभिनाश विकले कोरियोग्राफी गरेका छन्।
उक्त म्युजिक भिडियोको निर्माण शसस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) शुभास गिरीले गरेका हुन्।
निर्माता गिरीले गीत र भिडियोले सबैको मन छोने विश्वास व्यक्त गरेका छन्।
यस गीतमार्फत तीजमा घर सम्झिने छोरी–चेलीको भावना, मायालु माईती र परम्परागत संस्कृतिको भावनात्मक चित्रण गरिएको छ।