२३ भाद्र २०८२, मंगलबार
Tags

बुटवलमा जेनजीद्वारा एमाले पार्टी कार्यालय घेराउ, रुपन्देहीमा कर्फ्यू जारी

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

काठमाडौं / सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा आन्दोलनरत जेनजीले सोमबार बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् ।

स्वतःस्फुर्त रुपमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्गमै उत्रिएर विरोध जनाएका थिए ।

उक्त प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू लागू गरिएको जानकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्