
रणभूमी सम्वाददाता शुक्रबार, आश्विन ०२, २०८२

विराटनगर / मोरङ प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित बाटोमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
असोज २ गते राति शंकास्पद अवस्थामा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार देखिएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको प्रहरी टोलीले कार रोकेर तलासी गर्दा ५३८ किलोग्राम गाँजा फेला परेको हो।
गाँजा बरामदसँगै कार चालक र कारोबारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्