
रणभूमी सम्वाददाता शुक्रबार, आश्विन ०२, २०८२

उदयपुर / उदयपुर प्रहरीले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।
असोज ३ गते राति करिब १ बजे त्रियुगा नगरपालिका–१३ बहेडवाका देव नारायण चौधरीको घर अगाडि पार्किङ गरी राखिएको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै तत्काल खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बिहान करिब ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरी भएको ट्याक्टर फेला पार्दै संलग्न ३ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरी रहेका छन्। उनीहरूलाई प्रहरीले बा ६३ प ५४७५ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्