०८ कार्तिक २०८२, शनिबार
Tags

९७ हजार नगद सहित ८ जना जुवा तास खेल्ने पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, आश्विन १०, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ८ मा जुवा तास खेलिरहेको अवस्थामा ८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

असोज ९ गते साँझ ६:३० बजे मधुमारा बस्ने गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जना मानिसहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूसँग नगद ९७ हजार १ सय ६५ रुपैयाँ र ५ बुङ्ग तास बरामद भएको छ।

प्रहरीका अनुसार घरमा ठूलो मात्रामा नगद रकम र तास खेलिरहेको अवस्था देखेर छापा मारिएको थियो। जुवाको आशङ्कामा पक्राउ परेका सबै ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालमा जुवा खेल्नु र खेलाउनु दुवै कानुनी अपराध हो। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई जुवा सम्बन्धी कानून अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्