२८ आश्विन २०८२, मंगलबार
Tags

भन्सार विभागद्वारा देशभर जनचेतना अभियान सञ्चालन, विराटनगरमा पनि व्यापक प्रचार गरिदै

रणभूमी सम्वाददाता शनिबार, आश्विन २५, २०८२

विराटनगर / भन्सार विभागले विराटनगर लगायत देशका विभिन्न भन्सार कार्यालयहरूमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत वैध व्यापार प्रवर्द्धन, ईमानदार घोषणा र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिइएको छ।

विभागले जारी गरेको सचेतनामूलक नाराहरूमा “साँचो विवरण, सहज निकासी पैठारी”, “तपाईको घोषणा, तपाईकै कर्तव्य” र “चोर बाटो छोडौं, सही बाटो अपनाऔं” जस्ता सन्देशहरू समावेश छन्।

“मुलुकभित्र खरिद गरौं, अर्थतन्त्र बलियो बनाऔं” भन्ने नाराद्वारा विभागले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएको छ। यसले देशको आन्तरिक व्यापार वृद्धि र रोजगारी संरक्षणमा मद्दत पुग्ने विभागको भनाइ छ।

विभागले चोरी निकासी र पैठारीलाई गैरकानुनी कार्य भन्दै भन्सार ऐन नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ। “इमानदारीसँग घोषणा गर्नुहोस्, सहज रूपमा व्यापार गर्नुहोस्” र “मूल्य लुकाउँदा नोक्सान हुन्छ, सही घोषणा गर्दा विश्वास बढ्छ” भन्ने नाराद्वारा ईमानदार व्यापारमा जोड दिइएको छ।

“भन्सार कर्मचारी राष्ट्रका सेवक, इमानदार सेवा हाम्रो प्रतिबद्धता” भन्ने सन्देशमार्फत विभागले आफ्नो जवाफदेहिता प्रकट गरेको छ। सीमा पार गर्ने सवारी साधनका चालकहरूलाई यात्रुहरूको परिचय अनिवार्य लिन र शंकास्पद गतिविधि देखिएमा भन्सार कार्यालयलाई सूचित गर्न पनि आग्रह गरिएको छ।

“तपाईंले तिरेको भन्सार राष्ट्रिय सम्वृद्धिको आधार” र “मेरो सानो योगदान, देशको ठूलो निर्माण” जस्ता नाराहरूले भन्सार करको महत्व प्रष्ट पारेका छन्। विभागले अन्तरराष्ट्रिय बजारबाट खरिद गरिने खाद्य पदार्थहरू गुणस्तरीय र प्रयोगशाला परीक्षण भएका हुनुपर्ने बताएको छ।

यहाँ कमेन्ट गर्नुहोस्