२७ आश्विन २०८२, सोमबार
Tags

बि.ओ.पी. लौकही सुनसरीका सशस्त्र प्रहरीद्वारा ३ लाख बराबरको पटका बरामद गरी नष्ट

रणभूमी सम्वाददाता आइतबार, आश्विन २६, २०८२

सुनसरी / सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ मेहता टोलबाट करिब तीन लाख रुपैयाँ बराबरको पटका बरामद गरी नष्ट गरेको छ।

नम्बर ४ गण हेडक्वार्टर सुनसरीअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लौकहीबाट सशस्त्र प्रहरी निरीक्षक मानिस कटवाल सहितको टोलीले भारतबाट टाउकोमा बोकी ल्याइँदै गरेका पटका चेकजाँचका क्रममा फेला पारेको हो।

सशस्त्र प्रहरी देखेपछि तस्करहरू पटका छाडेर भागेका थिए। प्रहरीले घटनास्थलबाट बरामद भएका पटका कानुनी प्रक्रिया पूरा गरी नष्ट गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी कडा बनाइएको छ। खुला सीमा भएका क्षेत्रमा नियमित गस्ती र चेकजाँच तीव्र पारिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्