२८ आश्विन २०८२, मंगलबार
Tags

जबरजस्ती करणीका दुई आरोपी प्रहरी नियन्त्रणमा

रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

काठमाडौं / नेपाल प्रहरीले जबरजस्ती करणीको आरोपमा सोमबार दुई जना पुरुषलाई पक्राउ गरेको छ।

सुर्खेतमा ४० वर्षीय सुजेन्द्र स्याङ्तान र उदयपुरमा २५ वर्षीय भिम बहादुर थापा मगर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मकवानपुर घर भएका सुजेन्द्रले वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा ४० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार दिउँसो उनलाई पक्राउ गरिएको हो।

यस्तै, इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-१० गिजिनचौर थुम्की बस्ने भिम बहादुरलाई सोमबार बिहान नियन्त्रणमा लिएको छ। उनले १५ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा कारबाही भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्