रणभूमी सम्वाददाता सोमबार, कार्तिक १०, २०८२
बिराटनगर / बिराटनगर महानगरपालिका-१४ बस्ने जीत बहादुर श्रेष्ठको घरबाट हराएको मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ।
गत कार्तिक ९ गते बिहान श्रेष्ठले आफ्नो को ३७ प ४८१० नम्बरको मोटरसाइकल घरमै पार्किङ गरी राखेकोमा चोरी भएको थियो। मोटरसाइकल हराएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानी र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्काल खोजतलास सुरु गरेको थियो।
प्रहरी अधिकृत समेतको टोलीले गरेको खोजतलासका क्रममा बिराटनगर महानगरपालिका-१७ लाइन क्वाटर क्षेत्रमा सो मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो। प्रहरीले उक्त मोटरसाइकल सम्बन्धित सवारी धनी श्रेष्ठलाई जिम्मा लगाई बुझाइदिएको छ।
प्रहरीले मोटरसाइकल चोरी प्रकरणमा थप अनुसन्धान जारी राखेको जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्