०१ मंसिर २०८२, सोमबार
Tags

रानी सीमाले चोर सहित एक दिनमै फेला पार्यो चोरिएको सिटी सफारी

रणभूमी सम्वाददाता सोमबार, मंसिर ०१, २०८२

बिराटनगर / आइतबार साँझ ५:४३ बजे रानी इलाकाबाट चोरी भएको सिटी सफारी प्रहरीले एकै दिनभित्र बरामद गर्न सफल भएको छ। चोरलाई पनि नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष कुमार निरौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिराटनगर १२ रामबाबु ठाकुरको घरबाट प्रदेश १-०२-००३ ह ६१९३ नम्बरको सिटी सफारी बरामद गरेको हो।

बरामद गाडीको स्वामित्व बिराटनगर १ बस्ने विष्णु पोद्दार रहेको छ। गाडीमा बिराटनगर १ बस्ने अनिल कामत ७०० रुपैयाँ दैनिक किस्तीमा लिएर चालकको रूपमा काम गर्दै आएका थिए।

प्रहरीले बिराटनगर १२ शुक्रबारे बस्ने २१ वर्षीय अभय राउतलाई चोरीको आरोपमा नियन्त्रणमा लिएको छ।

बरामद गरिएको गाडी गाडीधनी विष्णु पोद्दारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अभियुक्त राउतलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

प्रहरीले छिटो कारबाहीबाट चोरी भएको सवारीसाधन बरामद गर्न सफल भएपछि स्थानीयहरूले सुरक्षा निकायको कार्यको प्रशंसा गरेका छ।

यहाँ कमेन्ट गर्नुहोस्