रणभूमी सम्वाददाता आइतबार, मंसिर ०७, २०८२
दाङ / गढवा गाउँपालिका–७ मानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका २१ वर्षीय कुमार विकलाई शनिबार साँझ इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक विवरणअनुसार विकले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ। प्रहरीले घटनास्थलबाट आवश्यक तथ्य प्रमाण संकलन गर्दै घटनाबारे विस्तृत रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही अघि बढाइने बताएको छ।
यहाँ कमेन्ट गर्नुहोस्