१८ पुष २०८२, शुक्रबार
Tags

राष्ट्रिय मुक्ति पार्टी नेपालको मोरङ क्षेत्र नं. ५ स्तरीय भेला सम्पन्न

रणभूमी सम्वाददाता बिहिबार, पुष १७, २०८२

विराटनगर / राष्ट्रिय मुक्ति पार्टी नेपालले मोरङ क्षेत्र नं. ५ स्तरीय भेला बिहीबार धनपालथान गाउँपालिका–४ स्थित सिमरा प्रतिमामा सम्पन्न गरेको छ।

२०८२ साल पौष १७ गते आयोजित उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्षेत्रीय अगुवा प्रदीप मण्डलले गरेका थिए।

भेलामा पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पलुवाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै राष्ट्रिय उपाध्यक्ष त्रिनारायण राजवंशी, चन्द्रप्रसाद राजवंशी, बलराम ऋषिदेव, राजेन्द्र गुप्ता तथा जिल्ला अध्यक्ष सत्यनारायण शाहलगायतका नेताहरूले आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले पार्टीको नीति र विचारधारा, संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा चर्चा गर्दै कार्यकर्ताहरूलाई एकताबद्ध र सक्रिय भएर अघि बढ्न आह्वान गरे।

कार्यक्रमका क्रममा धनपालथान गाउँपालिका तथा मोरङ क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न तहका पार्टी कमिटीहरू गठन गरिएको जानकारी दिइएको छ। भेलाले पार्टीको संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्