२९ पुष २०८२, मंगलबार
Tags

सुनसरीमा लागूऔषध कारोबारमा संलग्न ३ जना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, पुष २९, २०८२

सुनसरी / सुनसरी प्रहरीले जिल्लाका दुई फरक स्थानबाट प्रतिबन्धित औषधी र लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान उपमहानगरपालिका–५ का २७ वर्षीय विकाश भुजेललाई ७१० क्याप्सुल प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय रामधुनीले कोशी गाउँपालिका–६ का उदय मुखिया र गणेश कुमार मुखियालाई १९ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीले लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि नियमित अनुगमन र चेकजाँच तीव्र पारेको छ।

यहाँ कमेन्ट गर्नुहोस्