रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२
काठमाडौं / गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरेको अभियोगमा प्रहरीले मंगलबार ७ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३३ वर्षीय लिउ पान, ३१ वर्षीय गाओ झिकुन, ४१ वर्षीय लिउ जियानवेई, ४१ वर्षीय डु सुआङसेङ, ३८ वर्षीय पेङ काङ, ४९ वर्षीय चाई झिसिन र ४२ वर्षीय झाङ हाओ रहेका छन्।
अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोग तथा समन्वयमा काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित लिउ पानले संचालन गरेको रेष्टुरेण्टमा छापा मारेको हो।
कल बाईपास गरिरहेको अवस्थामा उनीहरूलाई कल बाईपासमा प्रयोग भएका उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्