०१ माघ २०८२, बिहिबार
Tags

सुनसरीको अमडुवाबाट ५५४ किलो गाँजा बरामद

रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका–४ हरवनी क्षेत्रबाट प्रहरीले बुधबार राति ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

प्रहरी चौकी अमडुवाको टोलीले विशेष सूचनाका आधारमा खटिएर बाँसको भुसामा लुकाइछिपाई राखिएको अवस्थामा ५ सय ५४ किलोग्राम गाँजा बरामद गरेको हो। बेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा भारत तर्फ ओसारपसार गर्ने तयारीमा रहेको आशंका गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिए।

उनका अनुसार, विशेष सूचनाका आधारमा बुधबार राति खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर ठूलो मात्रामा गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्