०६ माघ २०८२, मंगलबार
Tags

दमकमा बालेन उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान

रणभूमी सम्वाददाता मंगलबार, माघ ०६, २०८२

दमक / झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) शाहले उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान गरेका छन्। दमक नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केही बेरमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

बालेनको उम्मेदवारी दर्तालाई लिएर दमकमा समर्थक र कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। र्‍याली, नाराबाजी र उत्साहपूर्ण सहभागिताका कारण दमकका सडकहरू व्यस्त बनेका छन्।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेनको प्रतिस्पर्धा हुने भएपछि राजनीतिक सरगर्मी थप बढेको छ। सर्वसाधारणको चासो पनि उल्लेख्य रूपमा बढेको देखिन्छ।

उम्मेदवारी दर्ता स्थल आसपास सम्भावित भीड र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्