०३ फाल्गुण २०८२, आइतबार
Tags

मोरङमा ६९५ किलो गाँजासहित १ जना पक्राउ

रणभूमी सम्वाददाता आइतबार, फाल्गुण ०३, २०८२

बिराटनगर / मोरङ जिल्लाका दुई फरक स्थानबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद भएको छ। प्रहरीले एक जनालाई पक्राउ गर्दा अर्को फरार रहेको छ।

फागुन २ गते बिराटनगर महानगरपालिका-५ पुलचोकस्थित भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भएपछि सीआरभी बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

चालक भने घटनास्थलबाट फरार भइसकेको अवस्थामा बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडीभित्रबाट ४२० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा जहदा गाउँपालिका-१ का चन्दन कुमार साहको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा निज साहले घर छेउमा खाडलभित्र प्लास्टिकका ९ वटा पोकामा लुकाइछिपाइ राखेको २७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको छ। निज साहलाई प्रहरीले पक्राउ गरेको छ।

बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्