रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ११, २०८२
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–११ जनपथटोलबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन ८ गते दिउँसो करिब १२:०० बजे सडकमा पार्किङ गरी राखिएको प्रदेश १–०२–०४८ प २०६३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो।
प्रहरीका अनुसार उक्त मोटरसाइकल चोरी गरी फरार हुँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने ४१ वर्षीय दिपेश रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले चोरी गरिएको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका रेग्मीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्