२० फाल्गुण २०८२, बुधबार
Tags

प्रतिनिधिसभा निर्वाचन लक्षित आपतकालीन स्वास्थ्य समिति गठन

रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण १९, २०८२

विराटनगर/ पारस मल्टीस्पेसियालिटी अस्पतालले आगामी फागुन २१ गते देशभर हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा सम्भावित स्वास्थ्य चुनौतीलाई ध्यानमा राख्दै आपतकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति (इमर्जेन्स म्यानेजमेन्ट टिम) गठन गरेको छ।

अस्पतालले २०८२ फागुन १९ गते जारी गरेको पत्रअनुसार निर्वाचन अवधिमा आकस्मिक अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न समिति गठन गरिएको हो। आवश्यक परेमा जानकारी प्राप्त हुनासाथ सबै विभागीय प्रमुख, चिकित्सक, अस्पताल म्यानेजर तथा इन्चार्जहरूले नियमित सेवा प्रभावित नहुने गरी आफ्नो विभागीय जनशक्ति सहित आकस्मिक सेवाका लागि उपस्थित भई समितिसँग समन्वय गरेर कार्य गर्न अनुरोध गरिएको छ।

गठित समितिमा डा. सफिउर रहमान संयोजक रहेका छन्। सदस्यहरूमा डा. मुनेश्वेर साह, डा. सहिम आलम, डा. रामानन्द यादव, डा. फैयाज़ अन्सारी, डा. सिद्धिक, जयबेन्द्र यादव, इमरान अन्सारी, मो. सिफ्तैन रेजा अन्सारी, सृजना यादव र कविता मेहता रहेका छन्।

अस्पताल प्रशासनले निर्वाचनको संवेदनशील समयलाई ध्यानमा राख्दै आकस्मिक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने उद्देश्यले तयारीलाई चुस्त बनाइएको जनाएको छ।

यस सम्बन्धी जानकारीका लागि जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला निर्वाचन कार्यालय मोरङ, विराटनगरलाई समेत बोधार्थ पठाइएको अस्पतालले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्