रणभूमी सम्वाददाता बिहिबार, चैत्र ०५, २०८२
विराटनगर / चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा प्रेम देवान चयन भएका छन्।
संघको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन भएका छन् भने सचिवको जिम्मेवारी सन्तोष बास्तोलाले पाएका छन्। त्यसैगरी सह–सचिवमा सरिता कर्मकार र अफताफ अली चयन भएका छन्। कोषाध्यक्षमा कपलेस यादव चयन भएका छन्।
नयाँ कार्यसमितिका सदस्यहरूमा दीपेन्द्र साह, जुगेश दास, सोनु शर्मा, दीक्ष राजवंशी, सुभाष भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आस्मा राठी रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नागेश कोइरालाको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिहरूमा नरेन्द्र बस्नेत, वसिम आलम र अभिषेक गिरीको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चलचित्र पत्रकारिताको विकास र सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।