०२ जेठ २०८३, शनिबार
Tags

राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी–१४ को वडा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

रणभूमी सम्वाददाता शनिबार, जेठ ०२, २०८३

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १४ को वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले मोहम्मद अकिलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा शिवकुमार शाह, सचिवमा प्रमिका कुमारी चौधरी चयन हुनुभएको छ भने सदस्यहरूमा उषा साहु, बसन्ती देवी सरदार, जानकी कुमारी चौधरी, जुग नारायण चौधरी, बसन्ती देवी चौधरी, विनय कुमार चौधरी, मोहम्मद साहेजाद र मोहम्मद समसुदिन रहनुभएको छ।

अधिवेशनपछि शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगरपालिका समितिका सहसचिव तथा संगठन विभाग प्रमुख गणेश धिताल (प्रेम) ले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले वडा स्तरबाट संगठनलाई थप सशक्त र जनमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्