१३ जेठ २०८३, बुधबार
Tags

विराटनगरको मण्ठा पोखरी शिवमन्दिरमा दुर्लभ शिवलिङ्ग तथा बेल–रूद्राक्षको बिरुवा रोपण

रणभूमी सम्वाददाता बुधबार, जेठ १३, २०८३

विराटनगर । श्रीहरि सत्सङ्ग समिति नेपाल, कोशी प्रदेश विराटनगर सम्भागको आयोजनामा विराटनगर महानगरपालिका–१५ रानीस्थित ऐतिहासिक मण्ठा पोखरी शिवमन्दिर परिसरमा प्राचीन तथा दुर्लभ शिवलिङ्गसँग सम्बन्धित बिरुवा, बेल तथा रुद्राक्षको बिरुवा रोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

धार्मिक तथा वातावरणीय महत्व बोकेको उक्त कार्यक्रममा श्रीहरि सत्सङ्ग समितिका पदाधिकारी, स्थानीयवासी तथा मन्दिरका पुजारीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममार्फत धार्मिक आस्था संरक्षणसँगै वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरिएको आयोजकले जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा संस्थाको ग्राम संगठन राष्ट्रिय अध्यक्ष विद्यानन्द माझी, विराटनगर सम्भाग अध्यक्ष महेश कुमार स्वर्णकार, सम्भाग समिति सदस्यहरू प्रकाश दाहाल, सन्तोष साह, पवन साह तथा सन्जु साह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, श्रीहरि सत्सङ्ग समिति नेपालको राष्ट्रिय योजना प्रमुख अरबिन्द कुमार साह, व्यास कथाकार राजेश चौधरी लगायत धार्मिक व्यक्तित्वहरूको समेत गरिमामय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्दै आगामी पुस्तासम्म यसको महत्व पुर्‍याउन यस्ता अभियान आवश्यक रहेको बताएका थिए । धार्मिक लाभ प्राप्त गर्ने उद्देश्यसहित आयोजित उक्त वृक्षरोपण कार्यक्रम श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्